
३ पुस, रौतहट । रौतहटमा एकजना युवक अवैध हतियार कटुवा पेस्तोलसहित पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट विशेष सूचनाको आधारमा खटिएको प्रहरी गस्ती टोलीले बिहीबार साँझ यमुनामाई गाउँ लपालिका-४ का २५ वर्षीय दिलिप साहलाई एकथान कटुवा पेस्तोल सहित पक्राउ गरेको हो ।
टोलीले दुर्गाभगवती गाउँपालिका ५ झाँजपुल स्थित चेकजाँच गर्ने क्रममा BR.30M-4841 नं.को ग्यालेम्बर मोटरसाईकलमा लुकाई छिपाई राखेको अवस्थामा 3.50 कटुवा पेस्तोल साथै कटुवामा लगने गोली एक राउण्डसहित साहलाई नियन्त्रणमा लिएको हो ।
यस घटनाबारे थप अनुसन्धान भइरहेको रौतहट प्रहरी प्रमुख एसपी सिद्वी बिक्रम शाहले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस