मनोरञ्जन ताजा समाचार

साधना म्युजिक अवार्डको दोस्रो संस्करणका लागि आवेदन खुला

sadhana music award

३ पुस, काठमाडौं । साधना म्युजिक अवार्डको दोस्रो संस्करणका लागि आवेदन खुला गरिएको छ । सामना म्युजिक क्रियसनले आयोजना गर्ने यो अवार्डको आवेदन खुला गरिएको हो ।

‘अग्रजलाई सम्मान नवलाई प्रोत्साहन, कला गला तथा संस्कृति संरक्षणमा हाम्रो अभियान’ भन्ने मुख्य उद्देश्यका साथ आयोजना गर्न लागिएको दोस्रो साधना म्युजिक अवार्ड २०७७को आवेदन फारम पुनः खुल्ला गरिएको आयोजकले बताएको छ ।

नेपाली लोक गीत, आधुनिक, पप र लोकपप, डिजे गीत र राष्ट्रिय गीतलगायत ३० बिधामा आवेदन फारम भर्न सकिने आयोजकले बताएको छ । २०७६ बैशाख १ गते देखि मंसिर १ गतेसम्म बजारमा आएका नेपाली सिर्जनालाई समावेश गर्न पाउने बताइएको छ ।

नेपाली मौलिक लोक गीत सङ्गीतको विकास र विस्तार एवम् प्रर्वद्धन गर्ने उद्देश्यका साथ भब्य र सभ्य रुपमा आयोजना गर्न लागिएको सामना क्रियसनकी अध्यक्ष सामना शाहले बताइन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *