रोजगार

विदेशबाट फर्किएका युवाहरुले गाउँमै खोले चप्पल उद्योग

tulbahadur rana and bir bahadur thapa

३ पुस, गुल्मी । वैदेशिक रोजगारीबाट फर्किएका बागलुङका दुई जना युवाले गाउँमै चप्पल उद्योग सञ्चालन गरेका छन् ।

गल्कोट नगरपालिका–११ रिघाका तुलबहादुर राना र बडिगाड गाउँपालिका–४ का विरबहादुर थापाले संयुक्त रुपमा चप्पल उद्योग सञ्चालनमा ल्याएका हुन् । उनीहरुले बडिगाड गाउँपालिका–२ खर्वाङमा चप्पल तथा एलईडी बल्व उद्योग सञ्चालनमा ल्याएका हुन् ।

वीरबहादुर सात वर्षभन्दा बढी र तुलबहादुर पाँच वर्ष भन्दाबढी मलेसियामा बसेर आएका हुन् । देशमै केही गरौं भन्ने सोच अनुसार उद्योग सञ्चालनमा ल्याएको उनीहरुको भनाइ छ । ७ लाख लगानी गरेर सञ्चालनमा ल्याइएको उक्त उद्योगले उत्पादन थालेको र प्रारम्भिक कारोबारबाट आफूहरु उत्साहित भएको उनीहरुले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस