समाचार

नदी किनारमा मृत फेला परेकी महिलाको पहिचान खुल्यो

chameliya nadi kinar

३ पुस, बैतडी । चमेलिया नदी किनारमा शुक्रबार बिहान मृत अवस्थामा फेला परेकी महिलाको शव पहिचान खुलेको छ । उक्त शव दार्चुलाको शैल्यशिखर नगरपालिका-६ उलानीका ४० वर्षीया सरिता धामीको भएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

ती महिला आज बिहान ८ बजे बैतडीको दोगडाकेदार गाउँपालिका ६ चम्तडीस्थित चमेलिया नदी किनारमा मृत अवस्थामा फेला परेकी हुन् । बिहान स्थानीय नैनसिंह गोयलाले नदी किनारमा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

सरिता बिहीबार बिहान घरबाट एक्कासि बेपत्ता भएकी घरपरिवारले बताएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । मृतक महिलाका श्रीमान, १ छोरा र १ छोरी रहेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस