समाचार

गृह मन्त्रालयद्वारा १८ जना सिडिओको सरुवा, को कहाँ पुगे ?

griha mantralaya

३ पुस, काठमाडौं । गृह मन्त्रालयले शुक्रबार १८ जना प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा गरेको छ । गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा शुक्रबार बसेको मन्त्रीस्तरीय बैठकले सिडिओहरुको सरुवा गरिएको गृहमन्त्रालयद्वारा जारी सूचनामा उल्ल्लेख छ ।

सार्वजनिक सरुवाको सूचीअनुसार ललितपुरको सिडिओमा गृह मन्त्रालयबाट ढुण्डीप्रसाद निरौलालाई पठाइएको छ । ललितपुरका नारायणप्रसाद भट्ट प्रदेश नम्बर ३ को सचिवमा सरुवा गरिएको छ ।

धनकुटाका प्रमुख जिल्ला अधिकारी केशवप्रसाद बिमलीको महोत्तरी, धनकुटामा गृहमन्त्रालयबाट बासुदेव दाहाल, रामेछापकी रुद्रादेवी शर्मालाई गुल्मी, पाँचथरका अर्जुनकुमार शर्माको रामेछाप, खोटाङका शालिग्राम शर्मा पौडेललाई गृह मन्त्रालय सरूवा गरिएको छ ।

यसैगरी, महोत्तरीका कृष्णबहादुर कटुवालको कारागार झुम्का, भोजपुरका वसन्तराज पुरीलाई इलाका प्रशासन कार्यालय इटहरी, पुण्य ढकाललाई पाँचथर पठाइएको छ ।

griha notice

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस