३ पुस, काठमाडौं ।नक्कली इमेल आईडी खोलेर आफ्नै साथीलाई ब्ल्याकमेल गर्ने एक युवक पक्राउ परेका छन् ।
चिनेकै महिला साथीलाई अर्धनग्न तथा नग्न तस्बिर भएको र सो तस्बिरहरु सार्वजनिक नगर्नका लागि ७० लाख माग गर्ने मोरङ विराटनगर उपमहानगरपालिका वडा नं. ३ घर भई हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका–७ गल्फुटार बस्ने ३३ वर्षीय सुमन रेग्मी पक्राउ परेका हुन् । सुमनलाई बिहीबार प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको ब्यूरोका प्रमुख नविन्द अर्यालले जानकारी दिए ।
सुमनले नक्कली इमेलबाट आफ्नै महिला साथीलाई आफूसँग रहेको नग्न तस्बिर सार्वजनिक नगरिदिने हो भने ७० लाख मागेको अनुसन्धानबाट खुलेपछि प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको थियो । पुर्जी लिएपछि सुमन पक्राउ परेका हुन् ।
सुमनले ति महिला साथीलाई यौन उत्पीडन दिने, सेक्स एक्स्ट्रोक्सन गर्ने र नग्न तस्बिर सार्वजनिक गरिदिन्छु भन्दे हैरानी दिने गर्थे ।
पक्राउ परेका सुमनमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिमको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।