समाचार

सप्तरीमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

death youth

३ पुस, सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ स्थित आँपको बागैचामा छोपिएको अवस्थामा एक बालक मृत भेटिएका छन् । स्थानीयवासी रोहित मुखियाका पाँच वर्षीय छोरा आनन्दको शव छोपिएको अवस्थामा भेटिएको प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले बताए । खेल्न निस्केका बालक घर नफर्किएपछि बिहीबार बेलुका ९ बजेतिर प्रहरीमा खबर गरिएको थियो ।

प्रहरी नायब उपरीक्षक साहका अनुसार ट्रयाक्टरले किचेर बालकको मृत्यु भएपछि चालकले शव आँपको बाँगैचाको पातले छोपेर लुकाइएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । स १ त ७७५२ नम्बरको ट्रयाक्टरले बालकलाई किचेर मारेको प्रहरीले जनाएको छ । चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै, सप्तरीको राजविराज नगरपालिका-१६ बोरियामा शुक्रबार आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ । स्थानीयवासी ८५ वर्षीय झलाही यादवको गोठमा सुतेको अवस्थामा अचानक विद्युत् सर्ट भई आगलागी भएको थियो ।

गोठमा आगलागी हुँदा सोही गोठमा सुतिरहेका यादवको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । राजविराजबाट गएको बारुण यन्त्र र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस