समाचार

सरकारी छाप र हस्ताक्षर किर्ते मुद्दाका फरार प्रतिवादी पक्राउ

gopal bahadur thapa

३ पुस, काठमाडौं । प्रहरीले सरकार छाप र दस्तखत कीर्ते मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ । गोरखा घर भएका ५५ बर्षिय गोपाल बहादुर थापालाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो ।

ललितपुरको सैबु बस्ने थापालाई सर्वोच्च अदालतले ०७६ मंसिरमा १ वर्ष कैद र ३६ लाख जरिवाना हुने फैसला गरेको थियो । श्रम तथा रोजगार प्रवर्धन विभागको जाहेरीले चलेको मुद्दा फैसलापछि उनी फरार थिए ।

पक्राउ परेका थापालाई फैसला कार्यान्वयनका लागि आज शुक्रबार सम्मानित काठमाडौं जिल्ला अदालत बबरमहल काठमाडौंमा पेश गरिएको जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस