अर्थनीति

कोरोना भ्याक्सिन समयमै ल्याउँछौं, निःशुल्क उपलब्ध गराउँछौं : अर्थमन्त्री

bishnu poudel

३ पुस, काठमाडौं ।अर्थमन्त्री विष्णु पौडेलले कोरोना भ्याक्सिन समयमै ल्याएर निःशुल्क रुपमा वितरण गर्ने बताएका छन् । सिंहदरबारस्थित मन्त्रालयमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को नयाँ कार्यसमितिका पदाधिकारीसँगको भेटमा अर्थमन्त्री पौडेलले उक्त कुरा बताएका हुन् ।

‘अहिले कोरोनाले राजस्व, आर्थिक वृद्धिदरमा प्रभाव परिरहेको छ, त्यसलाई सफल बनाउन अहिले मुख्य दायित्व हो । त्यसमा सरकारको ध्यान केन्द्रित छ’, उनले भने, ‘कोरोना भ्याक्सिनको इन्नोभेसन संसारमा अघि बढिसकेको छ, त्यसलाई नेपाल भित्र्याउन सरकारले मुख्य ध्यान दिएको छ ।’

१४ वर्षमाथिका लागि भ्याक्सिन समयमै गुणस्तरीय भ्याक्सिन नेपाल भित्र्याउने गरी काम गरिरहेको उनले बताए । त्यसको लागि सरकारले स्रोत अभाव हुन नदिने गरी काम गरिरहेको र कोरोना भ्याक्सिन सबै नेपालीको लागि निःशुल्क हुनेमा विश्वस्त हुन उनले आग्रह गरे ।

त्यस्तै उनले अहिले राजनीतिक अवस्था तरंगित भएको र संविधान कार्यान्वयनको चरणमा रहँदा धेरैले अस्थिरता चाहिरहेका हुन सक्ने बताउँदै त्यो सम्भव नभएको बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस