विश्व/प्रवास

कोरोना भाइरसबाट सङ्क्रमित बुरुण्डीका पूर्व राष्ट्रपतिको निधन

Pierre Buyoya

३ पुस, काठमाडौं । कोरोना भाइरसबाट सङ्क्रमित बुरुण्डीका पूर्वराष्ट्रपति पिएरे बुयोयाको निधन भएको छ ।

कोरोना भाइरसबाट सङ्क्रमित भएका बुयोयाको ७१ वर्षको उमेरमा निधन भएको हो । फ्रान्सको राजधानी पेरिसमा उपचार भइरहेका बेला उनको निधन भएको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् ।

अफ्रिकी युनियनबाट माली र सहेलका लागि विषेश दूतको जिम्मेवारीमासमेत रहेका बुयोयाले केही हप्ता अगाडि मात्रै त्यस पदबाट राजीनामा दिएका थिए । सानो अफ्रिकी मुलुक बुरुण्डीमा लोकतन्त्र स्थापनाका लागि उनले ठूलो योगदान गर्नुभएको श्रेय दिने गरिन्छ ।

अस्वस्थ भएपछि उनलाई सुरुमा मालीको राजधानी बामाकोमा रहेको अस्पतालमा भर्ना गरिएको थियो। तर त्यहाँ सुधार नभएपछि हिजो मात्रै पेरिस लगिएको अधिकारीहरूले जनाएका छन् । “हिजो राति मात्रै उहाँलाई फ्रान्स ल्याइएको हो,” उनका एक पारिवारिक सदस्यले शुक्रबार एएफपीसँग भने ।

अर्को एक श्रोतले भन्यो, “उपचारका लागि पेरिसतर्फ लैजाँदै गरेका बेला एम्बुलेन्समै बिहीबार राति उहाँको निधन भएको हुनसक्छ ।” उनले सन् २०१२ देखि गत नोभेम्बरसम्म माली र सहेलका लागि अफ्रिकन युनियनको विषेश प्रतिनिधिका रुपमा सेवा गर्दै आएका थिए । तर सन् १९९३ मा भएको आफ्ना उत्तराधिकारीको हत्या घटनामा संलग्न भएको आरोपसहित आजीवन काराबासको फैसला भएपछि उनले राजीनामा दिएका हुन् ।

तर उनले भने त्यस फैसलालाई राजनीतिक पूर्वाग्रहका आधारमा आएको फैसलाको संज्ञा दिदै आएका थिए । आफूले नैतिकताका आधारमा विषेश प्रतिनिधिको जिम्मेवारीबाट राजीनामा दिएको पनि उनले उल्लेख गरेका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस