राजनीति

प्रचण्डलाई भेट्न ओली खुमलटार जाँदै

oli prachanda

४ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पार्टीका अर्का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार जाँदैछन् ।

प्रधानमन्त्री ओली स्थायी कमिटी सदस्य सुवास नेम्वाङसहित प्रचण्डलाई भेट्न खुमलटार जान लागेका हुन् । उनी खुमलटार जाने भएपछि सो क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

पछिल्लो समय संवैधानिक परिषद सम्बन्धी विधयेक ल्याएपछि पार्टीमा झनै विवाद उत्कर्षमा पुगेको बेलामा ओली प्रचण्ड निवास भेट्न जानुलाई अर्थपूर्ण मानिएको छ । कतिपयले यसलाई ओली लचक बनेको रुपमा अर्थ्याएका छन् ।

यसअघि पार्टीभित्र उनीदेखि असन्तुष्ट रहँदै आएको माधवकुमार नेपाल तथा दाहाल समूहले सचिवालयमा अल्पमतमा पारेपछि वामदेव गौतमलाई आफ्नो पक्षमा मनाउन साउनमा गौतम निवास भैंसेपाटी पुगेका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस