विश्व/प्रवास

अफगानिस्तानमा बम बिस्फोटमा १५ बालबालिकाको मृत्यु, २० घाइते

Afghanistan blast

४ पुस, काठमाडौं । अफगानिस्तानको पूर्वी प्रान्त गजनीमा बम बिस्फोटका कारण १५ बालबालिकाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । गिलान जिल्लामा भएको यस बिस्फोट कारण अझै स्पष्ट हुन नसकेको प्रहरी अधिकारीहरुले जनाएका छन् ।

प्रहरी प्रवक्ता अहमद खानले यस आक्रमणको आरोप तालिवानमाथि लगाएका छन् । स्थानीयका अनुसार बालबालिकाहरुले फुटपाथ व्यापारीलाई एउटा सामग्रीको टुक्रा बेच्न खोज्दा त्यो बिस्फोट भएको थियो ।

तालिवानी मिलिसियाहरुले यस बिस्फोट दुर्घटनावस् भएको दाबी गरेका छन् । दिउँसो १ बजेको समयमा गाउँको एउटा घर नजिक यो बिस्फोट भएको अधिकारीहरुले जनाएका छन्, त्यस घरमा त्यतिबेला कुरान वाचन भइरहेको थियो ।

एशोसियट प्रेससँगको कुराकानीमा गजनीका प्रान्तीय गर्भनरका प्रवक्ता वाहीदुल्लाह जुमाजादाले बताए अनुसार मोटररिक्सा चलाइरहेका एक व्यक्ति गाउँमा प्रवेश गरेसँगै उनको वरपर बच्चाहरु झुम्मिएका थिए, त्यही समय बिस्फोट भयो । मृतकको संख्या अझै बढ्न सक्ने उनले जनाएका छन् । सरकार र तालिवानबीच वार्ता सुरु भइसकेपनि अफगास्तिानमा हिंसा कम भएको छैन ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस