विश्व/प्रवास

इटालीमा क्रिसमस र नयाँ वर्षमा लकडाउन

italy

४ पुस, काठमाडौं । कोरोना भाइरसको बढ्दो संक्रमण नियन्त्रणका लागि क्रिसमस र नयाँ वर्षमा देशव्यापी लकडाउन गर्ने आदेश इटाली सरकारले दिएको छ । त्यसबेला प्रभावित क्षेत्रका अत्यावश्यकबाहेकका पसल, रेष्टुँरा तथा बार बन्द रहनेछन् ।

इटालीका नागरिकलाई मात्र काम गर्न, स्वास्थ्य सेवा लिन तथा आपतकालीन उद्धेश्यका लागि भ्रमण अनुमति दिइनेछ ।

प्रधानमन्त्री जेसेप कोन्टेले यो सजिलो निर्णयको नभएको उल्लेख गर्दै क्रिसमसमा संक्रमण झन् तीव्र हुने भएकाले लकडाउनको निर्णय गरिएको बताए । युरोपमा इटाली कोरोनाबाट सबैभन्दा बढी प्रभावित मुलुक हो, जहाँ ६८ हजारभन्दा बढी मृत्यु भइसकेको छ ।

प्रधानमन्त्री कोन्टेले डिसेम्बरको अन्त्यमा खोप अभियान सुरु भएपछि कोरोनाको दुःस्वप्नको अन्त्य हुने बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस