समाचार

चेन्नईको सडकमा ९ पटक घाँटी रेटेर दिनदहाडै हत्या

murder

४ पुस, नयाँ दिल्ली । भारतको तमिलनाडुको राजधानी चेन्नईमा हत्याको एक भयावह तस्विर बाहिर आएको छ । जहाँ एक मजदूरलाई सडकको मध्यभागमा एक वा दुईपटक होइन ९ पटक घाँटी रेटेर हत्या गरिएको छ ।

गएको बुधबार घटेको यस घटना नजिकैको सिसिटिभी क्यामेरामा कैद भएको थियो, अहिले यो भिडियो भाइरल भइरहेको छ । ‘इन्डिया टुडे’ को समाचारअनुसार चेन्नईको पुदुपेट इलाकामा तीनजनाले मिलेर सन्तोष नामका एक मजदूरको हत्या गरेका हुन् । मृतक सन्तोष कनागी नगरमा बस्ने गर्दथे ।

यस्तो देखियो सिसिटिभीमा 
सिसिटिभी फुटेजमा सन्तोष सडकमा हिडिंरहेको अवस्थामा देखिन्छन्, त्यसपछि एक व्यक्ती उनीसँग झगडा गर्न आउँछन् । यी व्यक्तिसँग अन्य दुई व्यक्ति पनि छन् । सन्तोषले केही बोल्नुअघि नै ती व्यक्तिले ब्लेडले गला काटिदिन्छन् ।

हमलालगत्तै सन्तोष जमिनमा लडेको भिडियोमा देखिन्छ । यस दौरान उनको गलामा ९ पटक आक्रमण हुन्छ । त्यसपछि मर्नु न बाँच्नुको अवस्थामा पुगेका सन्तोषलाई छाडेर आक्रमणकारी भाग्छन् । यस घटनामा ग्रेटर चेन्नईको प्रहरीले अहिलेसम्म दुईजनालाई पक्राउ गरिसकेको छ । अर्का एक आरोपित अझै पनि फरार छन्, प्रहरीले उनको खोजी गरिरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *