
४ पुस, कर्णाली । मानसिक सन्तुलन ठीक नभएकी ४८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ पक्राउ परेका छन् । खजुरा गाउँपालिका–४ बस्ने भारत रुपैडिया घर भएका ३१ वर्षीय राम प्रसाद मिश्र र २६ वर्षीय राम निवास प्रजापतिलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
ती महिलालाई उनीहरूले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनीहरु दुवै जनालाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस