मनोरञ्जन ताजा समाचार

‘डान्सिङ विथ द स्टार्स नेपाल’को उपाधि सुमी मोक्तानलाई

dancing with the star

४ पुस, काठमाडौं । ‘डान्सिङ विथ द स्टार्स नेपाल’को उपाधि सुमी मोक्तानले जितेकी छिन् । हिमालय टेलिभिजनबाट प्रशारण भएको ‘डान्सिङ विथ द स्टार्स नेपाल’को उपाधि नायिका समेत रहेकी सुमीले जितेकी हुन् ।

उपाधिसँगै उनले नगद २० लाख रुपैयाँ पनि जितेकी छिन् । उनलाई  कोरियोग्राफ बिजु पार्कीले गरेका थिए । ‘डान्सिङ विथ द स्टार्स नेपाल’को फष्ट रनर अप बुद्ध लामा भएका छन् । उनको जोडीका रुपमा बुद्धलाई केविका खत्रीले कोरियोग्राफ गरेकी थिइन् । बुद्ध लामा प्रथम नेपाल आइडलका विजेता पनि हुन् ।

सेकेन्ट रनरअप प्रियाना आचार्य भएकी छिन् । उनलाई सुभम भुजेलले कोरियोग्राफ गरेका थिए । ‘डान्सिङ विथ द स्टार्स नेपाल’मा हरि खड्का, प्रशान्त ताम्राकार, ज्योती मगर, उमेर राई, रक्षा श्रेष्ठ, दीपादमन्ता, पूजा ठाकुर, देवासनी वैदावर र सिद्धार्थ श्रेष्ठ तथा श्रृष्ठी केसी सहभागि थिए । ‘शो’को निर्णायकमा गौरी मल्ल, दिलिप रायमाझी र रेनेशा राई थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस