
४ पुस, काठमाडौं । प्रिमियर लिग फुटबलमा साविकको विजेता लिभरपुलले शानदार जीत हासिल गरेको छ । शनिबार राति भएको खेलमा लिभरपुलले क्रिस्टलको घरेलु मैदानमा ७–० को जित हासिल गरेको हो ।
क्रिस्टलको घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई जित दिलाउन रोवेर्टाे फिर्मिन्हो र मोहमद सालहाले दुई–दुई गोल गरे । त्यस्तै टाकुमी मिनामिनो, साडियो माने र जोर्डान होन्डरसनले एक–एक गोल गरे ।
जितसँगै लिभरपुलले यो सिजनमा पहिलो पटक ६ अंकको अग्रता बनाएको छ । केही खेलमा खराव प्रदर्शन गरेको लिभरपुले पछिल्ला दुई खेलमा उत्कृष्ट प्रदर्शन गरेको छ । शीर्ष स्थानमा रहेको लिभरपुलको १४ खेलबाट ३१ अंक छ । दोस्रो स्थानको टोटेनहमको २५ अंक रहेको छ । पराजित क्रिस्टल १८ अंक सहित तालिकाको १२ औं स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस