५ पुस, काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा उत्तर-पश्चिमी वायुको प्रभाव रहेको छ ।
हाल पुर्वी तराईका केहि स्थानमा साथै मध्य र पश्चिमी तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरो लागेको छ साथै प्रदेश १, गण्डकी, कर्णाली र सदुरपश्चिमका पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा सामान्यतया सफा रहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो प्रदेश नं १ र गण्डकी प्रदेशका भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ भने रात कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश तथा गण्डकी प्रदेशका भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
प्रतिक्रिया दिनुहोस