समाचार

संसद विघटन असंवैधानिक, राष्ट्रपतिले स्वीकृत गर्न हुँदैन : शेखर कोइराला

shekhar koirala

५ पुस, काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संसद विघटन गर्ने सरकारको सिफारिस असंवैधानिक भएको भन्दै त्यसलाई स्वीकृत नगर्न राष्ट्रपतिलाई आग्रह गरेका छन् ।

कांग्रेस नेता डा. शेखर कोइरालाले संसद विघटन गर्ने प्रधानमन्त्रीको निर्णय अत्यन्त गैरजिम्मेवारपूर्ण समेत रहेको बताएका छन् ।

उनले भने, ‘संसद विघटनको सिफारिस असंवैधानिक मात्र होइन अत्यन्तै गैरजिम्मेवारपूर्ण पनि छ । राष्ट्रपतिले यो प्रस्ताव कुनै पनि हालतमा स्वीकृत गर्नुहुन्न ।’

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस