समाचार

वामदेव गौतम भन्छन् : संसद विघटनमा मेरो न समर्थन न विरोध

bamdev

५ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विहान संसद विघटन गर्न राष्ट्रपति समक्ष सिफारिस गरेसँगै चौतर्फी विरोध र आलोचना सुरु भएको छ । सबै दलले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्न आकस्मिक बैठक बोलाएका छन् भने कतिपय नेताहरुले सामाजिक संजालमार्फत प्रधानमन्त्रीको कदमको विरोध गरेका छन् ।

तर सत्तारुढ दल नेकपाका उपाध्यक्ष बामदेव गौतमले भने प्रधानमन्त्रीको संसद विघटनको कदममा आफ्नो समर्थ वा विरोध दुवै नभएको बताएका छन् । गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले सामाजिक सञ्जालमा उपध्यक्ष गौतमको भनाइ राख्दै संसद भंग गर्ने कदममा आफू पर्ख र हेरको अवस्थामा रहेको उल्लेख गरेका छन् ।

‘संसद भंग, मेरो न समर्थन छ, न विरोध,’ उपाध्यक्ष गौतमको भनाइ उल्लेख गर्दै सुवेदीले लेखेका छन्, ‘पर्ख र हेरको अवस्थामा छु ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान मन्त्रिपरिषदको आकस्मिक बैठक राखेर संसद विघटनको सिफारिस गरेका थिए । र, प्रधानमन्त्री ओली उक्त सिफारिस लिएर राष्ट्रपति निवास शितल निवास पुगेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस