राजनीति

नेकपामा आजबाट ओली र प्रचण्ड समूह : ओलीको बालुवाटार, प्रचण्डपक्षको बानेश्वरमा भेला

kp oli prachanda

६ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै नेपाल कम्युनिस्ट पार्टी विघटनको संघारमा पुगेको छ । प्रधानमन्त्रीको कदमअघि नै पटकपटक संकटमा पर्दै आएको नेकपा एकता अब के हुने अन्योल छ ।

यद्यपि प्रधानमन्त्रीको कदमपछि अब के गर्ने भन्ने विषयमा छलफल गर्न ओली गुट र उनीइतरका गुटको भेला सोमबार बिहानैबाट चल्ने भएको छ । प्रधानमन्त्री ‌ओलीले अहिले बिहान साढे ९ बजेका लागि बालुवाटारमा बैठक डाकेका छन् । भेलामा ओली पक्षका नेताहरु र सांसदहरु उपस्थित हुने नेता सुवाष नेम्वाङले जानकारी दिए ।

त्यस्तै, प्रचण्ड पक्षले सोमबार दिउसो १ बजे संसदीय दलको बैठक बोलाएको छ । त्यस्तै यो समूहले दिउँसो ३ बजे पार्टी स्थायी समिति बैठक समेत बोलाएको छ । ओलीको कदमविरुद्ध आजै काँग्रेस पार्टी कार्यालय सानेपामा सर्वदलीय बैठक बस्दैछ ।

आइतबार बेलुका काग्रेस संसदीय दलको कार्यलयमा बसेको नेकपा, जसपा र कँग्रेस नेताको बैठकले आज अपरान्ह ४ बजे सर्वदलीय बैठक बसेर ओली कदमको शसक्त प्रतिवाद गर्ने योजना बनाउने तयारी गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस