
६ पुस, काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ९ सयले बढेको छ । छापावाला सुन आज प्रतितोला रु ९५ हजार २ सयमा कारोवार भएको छ । छापावाला सुन आइतबार प्रतितोला रु ९४ हजार ३ सयमा कारोवार भएको थियो ।
यस्तै तेजाबी सुन प्रतितोला रु ८५० ले वृद्धि भएको छ । तेजाबी सुन आजका लागि प्रतितोला रु ९४ हजार ७ सयमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तेजाबी सुन आइतबार प्रतितोला रु ९३ हजार ८५० मा कारोवार भएको थियो ।
यस्तै चाँदीको मूल्य भने तोलामा रु ४० ले वृद्धि भएको छ । चाँदी प्रतितोला आज रु एक हजार ३२० मा कारोवार भएको छ । आइतबार चाँदीको मूल्य रु एक हजार २८० मा कारोवार भएको थियो ।
प्रतिक्रिया दिनुहोस