६ पुस, काठमाडौं । संविधान तथा कानुनविदहरुले ओलीको संसद विघटन गर्ने कदम कुनै हालतमा संविधानसम्बत नभएको भन्दै संसद विघटन हुनै नसक्ने बताएका छन् ।
सिंहदरवारमा नेकपाका कार्यकारी अध्यक्षसहितका नेताहरुको छलफलमा उनीहरुले संविधानले संसद विघटनको परिकल्पना नगरेको भन्दै ओलीको कदमविरुद्ध स्टेप चाल्न सुझाव दिएका हुन् ।
छलफलमा शम्भु थापा, प्रेम खड्का, राधेश्याम अधिकारी, लगायत नेपाल बारका पदाधिकारीहरु सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस