
६ पुस, काठमाडौं । संसद् विघटन गरिएपछि आफ्ना पक्षका विघटित संसद्का सांसदहरूसँग छलफल गर्न नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको भेला बानेश्वरमा सुरु भएको छ ।
काठमाडौको नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा भेला सुरु भएको नेतृ पम्फा भुषालले जानकारी दिइन् । यो भेलालाई प्रचण्ड पक्षले संसदीय दलको बैठक भनेको छ । भेलामा प्रचण्डसहितका नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल लगायत सहभागी छन् ।
प्रतिक्रिया दिनुहोस