समाचार

विघटन भएको संसद् अदालतबाट पुनर्स्थापना हुने योगेश भट्टराईको विश्वास

Yogesh bhattarai

६ पुस, काठमाडौं । संसद विघटनपछि आइतबार पर्यटनमन्त्रीबाट राजीनामा दिएका योगेश भट्टराईले विघटन भएको संसद अदालतबाट पुनर्स्थापना हुने विश्वास व्यक्त गरेका छन् । मन्त्रालयमा आयोजित औपचारिक विदाई कार्यक्रममा बोल्दै भट्टराईले संवैधानिक अंगहरु स्वतन्त्र रहेको अवस्थामा संसद पुनर्स्थापना हुने विश्वास व्यक्त गरेका हुन् ।

लोकतान्त्रिक प्रकृयामा आघात पुगेका कारण आफूसहितका मन्त्रीहरुले सामूहिक राजीनामा दिएको उल्लेख गर्दै उनले भने, ‘यदि यो देशका संवैधानिक अंगहरु स्वतन्त्र छन्, विवेक पु¥याउँछन् र त्यहाँका मान्छेहरु ठिक छन् भने सतप्रतिशत भन्दा पनि बढी विश्वासका साथ भन्छु संसद पुनर्स्थापना हुन्छ । मुलुकप्रति संविधानप्रति जवाफदेही छन् भने सतप्रतिशत संसद पुन्स्थापना हुन्छ,  हुनुपर्छ । त्यो नै हाम्रो लोकतन्त्रको विजय हुन्छ । संविधानको रक्षा हुन्छ ।’

भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटको प्रस्ताव गर्दा आफूहरुले रोक्ने धेरै प्रयास गरेपनि सम्भव नभएको उनले बताए । उनले भने, ‘संवैधानिक निकायहरुमा देश र जनताको भलो चाहने, कोहीबाट प्रभावित नहुने, दबाबमा नपर्ने, विवेक पुर्‍याउन सक्ने व्यक्ति छन् भने २ सय प्रतिशत नै संसद विघटनको निर्णय खारेज हुन्छ, संसद पुनर्स्थापना हुनुपर्छ ।’

उनले गैरसंवैधानिक  र अलोकतान्त्रिक संसद विघटनको कदमलाई कसैले माफी दिन नसक्ने पनि बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस