समाचार

संसद विघटन भएकै छैन, हामी त्यो मान्दनौँ : माधवकुमार नेपाल

madhav kumar nepal

६ पुस, काठमाडौं । नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले संसद विघटन नभएको बताएका छन् । उनले अलोकतान्त्रिक र असंवैधानिक तरिकाबाट प्रधानमन्त्री र राष्ट्रपतिले संसद विघटनको घोषणा गरेपनि आफुहरु त्यसलाई मान्न तयार नभएको बताएका हुन् ।

नयाँबानेश्वरमा सोमबार सञ्चारकर्मीहरुलाई प्रतिकृया दिदै उनले प्रधानमन्त्री र राष्टपति दुवैको कदम असंवैधानिक भएकाले त्यसलाई मान्न नसकिने बताएका हुन् । ‘असंवैधानिक र अलोकतान्त्रिक काम भएको छ, त्यसैले यो संसद विघटन भएको छैन । हामी मान्नेवाला छैनौ’, नेता नेपालको भनाइ छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस