सूचना प्रविधि

आज २१ डिसेम्बर अर्थात्, वर्षकै सबैभन्दा छोटो दिन

rati

६ पुस, काठमाडौं । आज खगोल विज्ञानका दृष्टिकोण अनुसार यो वर्षको सबै भन्दा छोटो दिन हो । खगोल विज्ञानको भाषामा यसलाई  शीतकालीन अयनांत (wintar  solstice ) भनिन्छ। यो घटना प्रत्येक वर्ष हुने गर्छ ।

आजको दिन सूर्य कर्क रेखाबाट मकर रेखा अर्थात उत्तरायणबाट दक्षिणायनमा प्रवेश गर्छ । यो नै त्यो समय अथवा दिन हुन्छ जुन दिन पृथ्वीको उत्तरी गोलार्ध (Northern Hemisphere ) मा दिनको लम्बाई सबै भन्दा छोटो हुन्छ र रात्रिको समय वर्ष कै लामो हुन्छ ।

आज दिन ८ घण्टासम्मको र रात्रि १४ घण्टासम्मको हुन्छ । यसको निर्धारण उत्तरी गोलार्धमा स्थित देशहरुको ‘टाइम ज़ोन’ र भगौलिक अवस्थितिअनुसार हुन्छ ।

winter 1

डिसेम्बर २१-२२ मा हुने ‘विंटर सोल्स्टिस’को दिन उत्तरी गोलार्द्धमा दिन सबै भन्दा सानो हुन्छ भने यसको ठीक उल्टा दक्षिणी गोलार्द्धमा भने दिन सबै भन्दा लामो हुन्छ ।

खगोल विज्ञानका अनुसार २१ मार्च र २३ सेप्टेम्बरका दिन दिन र रात बराबरी हुन्छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस