समाचार

असहयोग र घेराबन्दीका कारण संसद विघटन: प्रधानमन्त्री ओली

KP oli

६ पुस, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सरकारमाथि असहयोग र घेराबन्दीका कारण संसद विघटन गरी जनताको बीचमा जानु परेको बताएका छन् ।

सोमबार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आम निर्वाचनको जनादेश र जनभावनाविपरीत राष्ट्रिय राजनीतिमा अर्थहीन र अन्त्यहीन सिर्जना गरेपछि निर्वाचनको घोषणा गरिएको बताए ।

‘यो आकस्मिक र अप्रत्यासित देखिएको भए पनि लामो समयदेखि थियो। केही नेताका विकृत र जनअपेक्षा विपरीतका गतिविधिका कारण सिर्जना भएको हो,’ ओलीले भने ।

उनले नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकताको निर्णय आम निर्वाचनमार्फत् अनुमोदन भए पनि त्यसपछि राजनीतिलाई जनअपेक्षाअनुरूप अघि बढ्न नदिने गरी विसंगत गतिविधि भएको बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *