अर्थनीति

सोमबार बढ्यो सेयर बजार

Nepal Stok exchange

६ पुस, काठमाडौं । सोमबार सेयर बजार बढेको छ । आइतबार उच्च अंकले गिरावट आएको सेयर बजार परिसूचकमा सोमबार ३० अंकको करेक्सन आएको हो । सोमबार बजार परिसूचक नेप्से ३०.३३ अंकले बढेर १ हजार ९ सय ६५ दशमलव ९६ विन्दुमा पुगेको छ ।

दिभरको कारोबारमा आज ६ अर्ब ६९ करोडको कारोबार भयो । सोमबारको बजारमा १ सय ७५ कम्पनीको सेयर कारोबार भएको थियो । त्यसमध्ये १ सय २३ कम्पनीको मूल्य बढेको छ । ३८ कम्पनीको मूल्य घट्दा १४ वटा कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज बजारमा नेप्से परिसूचकसँगै सेन्सिेटिभ, फ्लट र सेन्सेटिभ फ्लट लगायत सबै परिसूचक बढ्दा १२ मध्ये व्यापारमूलक, होटल र म्युचुअल फण्ड तीन वटा बाहेक अरु सबै परिसूचकहरु बढेको छ । सबैभन्दा उत्पादनमूलक क्षेत्र बढी देखिएको छ ।

आजको बजारमा एनआईसी एशिया बैंककको मूल्य सबैभन्दा बढी ९.९० प्रतिशतले बढ्न पुगेको छ । सबैभन्दा बढी गिरावट भने नारायणी डेभलपमेन्ट बैंक र युनाइटेड इदि मर्दी हाइड्रोपावरको ९ प्रतिशत भन्दा बढी रहेको छ ।

समग्रमा बजार बढे पनि दिभर बने बजारमा तीव्र रुपमा गिरावट देखियो । सुरुबा खुलेको बजार १ हजार ८ सय ७५ को हाराहारीमा झरे पनि करिब पौने घण्टापछि बजारले सुधारिँदो गति लिएको थियो । राजनीतिक अस्थिरताकोबीच शुक्रबार ९६ अंकले घटेको थियो । आजको सुधारलाई अघिल्लो दिनको गिरावटमा आएको करेक्सनको रुपमा हेरिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस