समाचार

ओलीले पनि बोलाए केन्द्रीय कमिटीको बैठक

kp sharma oli

६ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । प्रधानमन्त्रीले मंगलबार बिहान ९ बजे बालुवाटारमा बस्ने गरी केन्द्रीय कमिटी बैठक बोलाएका नेकपा केन्द्रीय सदस्य महेश बस्नेतले जानकारी दिए ।

यसअघि नेकपाको आइतबार बसेको स्थायी कमिटीको बैठकले मंगलबार दिउँसो १ बजे बस्ने गरी केन्द्रीय कमिटीको बैठक बस्ने निर्णय गरेको थियो । स्थायी कमिटी बैठकले अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको थियो । तर उक्त बैठक बस्नुअघि नै ओलीले पनि केन्द्रीय कमिटीको बैठक बोलाएका हुन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *