समाचार

ओलीको संसद विघटनको विरोधमा जसपाले सबै जिल्ला सदरमुकाममा विरोध प्रर्दशन गर्ने

jasapa

६ पुस, काठमाडौं । जनता समाजवादी पार्टीले संसद विघटनको विरोधमा पुस ८ गते सबै जिल्लाका समदरमुकामहरुमा विरोध प्रदर्शन गर्ने भर्ने भएको छ । पार्टीको आज बसेको बेठकले सो निर्णय गरेको संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जानकारी दिए ।

उनले भने, ‘प्रधानमन्त्री ओलीको संसद विघटन गर्ने असंवैधानिकरअलोकतान्त्रिक/प्रतिगमनकारी हर्कतका विरूद्ध पौष ८ गते सबै जिल्ला सदरमुकामहरूमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।’

थप संघर्षका कार्यक्रम र भावी रणनीति तय गर्न पुस ७ गते केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस