
६ पुस, काठमाडौं । पाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने असंवैधानिक कदमका विरुद्ध सर्वोच्च अदालत जाने बताएका छन् ।
सोमबार नयाँ बानेश्वरमा विघटित प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदसमेत सहभागी भेलापछि नेता खनालले यस्तो प्रतिक्रिया दिएका हुन् । ‘यो संविधानकाविरुद्ध गरिएको ‘कू’ हो । यो अख्तियारको दुरुपयोगमात्रै होइन, असंवेधानिक कू भएकाले यसका विरुद्ध हामी राजनीतिक अभियान पनि चलाउछौँ,’ नेता खनालले भने,‘साथसाथै संवैधानिक र कानुनी अधिकारका लागि सर्वोच्च अदालत पनि जान्छौँ।’
उनले संवैधानिक र कानुनी अधिकार तथा सवै उपाय लगाएर ओलीले विघटन गरेको संसदलाई पुनर्जिवित गरेरै छाड्ने दाबी गरे । उनले केन्द्रीय समितिको बैठकमार्फत कू गर्ने प्रधानमन्त्री ओलीलाई कारवाही गर्ने समेत बताए ।
प्रतिक्रिया दिनुहोस