समाचार

म अब कुनै गुटको भेलामा जान्नँ: बामदेव

bamdev

६ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता वामदेव गौतमले कुनै पनि गुटहरुको भेलामा नजाने उल्लेख गरेका छन् ।

मन्त्रिपरिषद्ले संसद भंग र मध्यवधी निर्वाचनको घोषण गरेसँगै यतिबेला नेकपामा गुटगत भेला मौलाएको भन्दै गौतमले आफू दुवैतिरका भेलामा उपस्थिति नहुने विज्ञप्तिमार्फत बताएका छन् ।

गौतमले सोमबार विज्ञप्ति जारी गर्दै आफू अझै पनि पार्टी एकताको पक्षमा रहेको र त्यसका निम्ति अर्को निर्णय नहुँदासम्म पार्टी एकीकरण बचाउन प्रयासमै रहने जनाएका छन् ।

‘अब फुटको घोषणा गर्नमात्रै बाँकी रहेका बैठक, भेलामा भाग नलिने निर्णय मैले गरेँ ’ विज्ञप्तिमा उल्लेख छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस