समाचार

रौतहटमा प्रधानमन्त्री ओलीको पुत्ला दहन

oli putla

६ पुस, रौतहट । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको विरोधमा रौतहट सदरमुकाम गौरमा सोमबार पनि प्रदर्शन भएको छ । जनता समाजवादी पार्टी निकटका युवा र विद्यार्थी संगठनहरुले सयुक्त रुपमा प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका हुन् ।

गौरको बिपी चेकमा जम्मा भएका विद्यार्थी नेताहरुले प्रधानमन्त्री विरुद्ध चर्का नारावाजी समेत गरेका थिए । यसअघि आइतवार नेकपाका प्रचण्ड र माधव पक्षका नेताहरुले विरोध प्रदर्शन गरेका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस