समाचार

माडीमा थुनिएको खोला खोलिने

pahiro art

६ पुस, चितवन । पहाड झरेर थुनिएको माडीको परुइ खोलाको पहिरो पञ्छाउने काम थालिने भएको छ । पुस १ गते सोमेश्वर पर्वत श्रृङ्खलामा पर्ने एउटा डाँडो भत्कदाँ खोला पुरिएको थियो ।

माडी नगरपालिका वडा नं। ७ र ८ को सिमानामा पर्ने परुइ खोलाको ५०० मिटर क्षेत्र २० मिटरभन्दा बढी उचाइसम्म पुरिएको छ । माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले थुनिएको खोलामा पानी भरिँदै गएमा वर्षात्मा एकै साथ फुटेर ठूलो नोक्सान हुन सक्ने बताए ।

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईसहितको विपद् व्यवस्थापन समितिको टोलीले आज सो क्षेत्रको स्थलगत अध्ययन तथा अनुगमन गरेको छ । अध्ययन तथा अनुगमनपछि नगर प्रमुख ढकालले तत्काल जेसिवी लगेर खोला खोल्ने काम शुरु गर्ने निर्णय भएको जानकारी दिए ।

अहिले पहिराले थुनेको ठाउँमा तीन मिटर हाराहारी पानी छ । ढकालका अनुसार वर्षात्को समयमा पानी थुनिएर पहिरो फुटेमा माडी नगरपालिकाका वडा नं ५, ८ र ९ बाहेकका सबै वडामा प्रभाव हुनेछ । सम्भावित क्षति न्यूनीकरणका लागि तत्काल समस्याको समाधानको खोजी गर्न लागिएको उनको भनाइ छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस