
७ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली समूहका केन्द्रीय सदस्यको बैठक बालुवाटारमा सुरु भएको छ ।
ओलीको अध्यक्षतामा बैठक सुरु भएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पार्टी केन्द्रीय कमिटीको बैठक अध्यक्ष एवम् प्रधानमन्त्री ओलीको अध्यक्षतामा सुरु भएको जानकारी दिए ।
बिहान ९ बजेका लागि बैठक बोलाइएको भएपनि झण्डै डेढ घण्टा ढिला गरी सुरु भएको हो । ओलीले बोलाएको बैठकमा ओली समूहका सहित पूर्व माओवादी निकट टोपबहादुर रायमाझीसहितका केही नेतापनि सहभागी रहेको बताइएको छ ।
प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि नेकपा विभाजनको डिलमा रहेको छ भने आजै प्रचण्ड समूहले पनि केन्द्रीय समिति बैठक बोलाएको छ ।
प्रतिक्रिया दिनुहोस