समाचार

ओलीले बोलाएको बैठकमा गएनन् बादल

Rambahadur Thapa Badal

७ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल अनुपस्थित भएका छन् । सोमबार ओली र प्रचण्ड दुबै पक्षले बोलाएको बैठकमा उनी सहभागी भएका थिएनन् ।

प्रचण्ड र माधव नेपाल पक्षका ७ मन्त्रीले राजीनामा दिँदा बादल र लेखराज भट्टले राजीनामा दिएका थिएनन् भने उनी कता लाग्ने भन्नेमा अझै स्पष्ट भइसकेका छैनन् । यद्यपी भट्ट र बादल निकटका केही नेता भने ओलीले बोलाएको आजको बैठकमा सहभागी छन् ।

आइतबार नै बादलले ओलीसँगै झण्डै दुई घण्टा छलफल गरेका थिए । मंगलबार बिहान अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुल्चोक गएर आफूलाई सहयोग गर्न बादललाई आग्रह गरेका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *