
७ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली पक्षले बोलाएको केन्द्रीय कमिटीको बैठकले पार्टीको प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएको छ ।
श्रेष्ठलाई हटाएर प्रदीप ज्ञवालीलाई नयाँ प्रवक्ता चयन गरिएको छ । बालुवाटारमा आज मंगलबार बसेको ओली पक्षको बैठकले सो निर्णय गरेको हो । परराष्ट्र मन्त्री समेत रहेका ज्ञवाली यसअघि पनि पार्टी प्रवक्ता रहेका थिए ।
प्रतिक्रिया दिनुहोस