समाचार

१५ हजार रुपैयाँ घुससहित राष्ट्रिय खेलकुद परिषद्का खरिदार पक्राउ

arrested

७ पुस, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत खेलकुद विकास समिति सानोगौचरणमा कार्यरत खरिदारलाई अख्तियारले नियन्त्रणमा लिएको छ ।

खरिदार तिलकप्रसाद घिमिरेलाई १५ हजार घुस रकमसहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

घिमिरेले क्लवको प्रमाणपत्र नवीकरण गर्नका लागी सेवाग्राहीसँग घुस मागेको सुराकको आधारमा आयोगले टोलीले उनलाई पिछा गरेको थियो । उनलाई घुस लिइसकेको अवस्थामा कार्यालय परिसरबाट पक्राउ गरिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीकाले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस