७ पुस, काठमाडौं । शिलान्यास भएको १४ महिनापछि सिस्नेखोला-दहचोक (नागढुंगा) सुरुङमार्ग खन्ने काम सुरु भएको छ । सडक विभागका अनुसार मंगलबार विहानबाट सुरुङमार्ग खन्न सुरु गरिएको हो ।
२.६६८ किलोमिटर लामो उक्त सुरुङमार्ग निर्माणका लागि जापानी कम्पनीले निर्माणको जिम्मा पाएको छ । २२ अर्ब लागत अनुमान गरिएको यो आयोजना जापान सरकारको सहुलियतपूर्ण ऋण तथा सरकारको लगानी समेतमा बन्न लागेको हो ।
आयोजनाको शिलान्यास अघिल्लो वर्षको कात्तिकमै गरिए पनि प्राविधिक नआउँदा सुरुङ खन्ने काममा ढिलाई भएको थियो । पछि सुरुङमार्गस्थलको जग्गामा भएको विवादले यसमा थप ढिलाई भएको हो ।
यो आयोजना ४२ महिनामा सक्ने लक्ष्य राखिएको छ । सुरुङमार्ग बनेपछि काठमाडौं र नौबिसेको दूरी ८ किलोमिटर छोटिनेछ ।
प्रतिक्रिया दिनुहोस