
७ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली समूहले बुधबार सातै प्रदेशको भेला गर्ने निर्णय गरेको छ ।
मंगलबार बालुवटारमा बसेको उक्त समूहको बैठकले बुधबार एक बजे सातै प्रदेशमा एकसाथ भेला गर्ने निर्णय गरेको हो ।
त्यस्तै बंठकले पार्टी प्रवक्ताको जिम्मेवारी प्रदीप ज्ञवालीलाई दिएको छ भने केन्द्रीय समिति बिस्तार गरी १ हजार १९९ पु¥याउने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस