समाचार

न्युरोडबाट हुण्डी कारोबार गर्ने एक पक्राउ

arrest

७ पुस, काठमाडौं । अवैध हुण्डी कारोबार गर्ने एक जना पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त जनसेवाको टोलीले काठमाडौं महानगरपालिका-२२ न्युरोडबाट एक जनालाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रमेश विष्टका अनुसार न्युरोडमा समानान्तर बैंकिङ हुण्डी कारोबार गर्ने धादिङ जिल्लाको खनियाबास गाउँपालिका वडा नं.३ बस्ने २५ वर्षीय बिर्ज तामाङलाई पक्राउ गरिएको हो ।

प्रहरीले शंकास्पद अवस्थामा फेला पारी शरीर तलासी गर्दा उनको साथबाट स्रोत खुलाउन नसकेको हुण्डी कारोबारको नगद १३ लाख ५ हजार नगद फेला परेको जनाएको छ । नगदसहित तामाङलाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता विष्टले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस