बैँक / वित्त

राष्ट्रिय सहकारी बैंकको भैरहवामा शाखा सञ्चालन

sahakari bank

७ पुस, बुटवल । राष्ट्रिय सहकारी बैंक लिमिटेडले भैरहवाको बुद्ध चोकमा ५४ औँ शाखा सञ्चालनमा ल्याएको छ ।

सहकारी बैंकले पुस मसान्तभित्र ६८ वटा शाखामार्फत सेवा सञ्चालन गर्ने लक्ष्य लिएको छ । नेपाल राष्ट्र बैंकले थप २४ वटा शाखा सञ्चालनको अनुमति दिएपछि बैंकले शाखा विस्तारलाई तिब्र बनाएको हो ।

बैंकमा हाल १२ हजार २ सय ८३ सहकारी संघरसंस्था सदस्य रहेका छन । नेपाल सरकार सहित देशभरका सहकारी संघरसस्थाहरुको शेयर रहेको बैंकमा हाल २ अर्ब ४८ करोड शेयर रकम, ५१ अर्ब ३६ करोड निक्षेप र २४ अर्ब २८ करोड कर्जा लगानी रहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस