समाचार

प्रचण्ड–नेपाल समूहको बैठकमा दुई तिहाइ बढी केन्द्रीय सदस्य सहभागी

cpn

७ पुस, काठमाडौं । प्रचण्ड–माधव नेपाल समूहले बोलाएको नेकपा केन्द्रीय समिति बैठकमा दुई तिहाइ बढी केन्द्रीय सदस्यको सहभागिता रहेको छ ।

बैठकमा स्थलमा राखिएको केन्द्रीय सदस्यहरुको हस्ताक्षर पुस्तिकामा ३१० जना केन्द्रीय सदस्यको नामावली रहेको छ । हाल नेकपामा ४४६ जनाको केन्द्रीय सदस्य रहेकोमा केही पद रिक्त रहेको छ ।

प्रचण्ड नेपाल समूहको बैठक राजधानीको कार्की ब्यांकेटमा जारी छ । बैठकमा ओलीलाई अनुशासनको कारबाही गर्नेलगायतको एजेण्डा तय गरिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस