अर्थनीति

सेयर बजार ९५ अंकले उकालो लाग्यो

Nepal Stok exchange

७ पुस, काठमाडौं । सेयर बजारको परिसूचक नेप्सेले मंगलबार एकैदिन ९५ अंकले बढेको छ । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक ९५.४६ अंकले बढेर २ हजार ६१ दशमलव ४६ विन्दुमा पुगेको हो । दिनभरको कारोबारमा आज ६ अर्ब ७४ करोडको कारोबार भएको छ । मंगलबार बजारमा १ सय ७५ कम्पनीको सेयर कारोबार भएको थियो ।

त्यसमध्ये १ सय ५९ कम्पनीको मूल्य बढेका छन् । ९ कम्पनीको मूल्य घटेका छन् भने बाँकी ७ वटा कम्पनीको मूल्य स्थिर रहेका छन् । आज बजारमा नेप्से परिसूचकसँगै सेन्सिेटिभ, फ्लट र सेन्सेटिभ फ्लट लगायत सबै परिसूचक बढ्दा सबै उपसूचकहरु समेत बढेका छन् । जीवनबीमा क्षेत्रको वृद्धिदर ७.४३ प्रतिशत भन्दा बढी देखिएको छ । निर्जीवन बीमा कम्पनी, हाइड्रोपावर र अन्य समूहको वृद्धि पनि ५ प्रतिशत भन्दा बढी छ ।

आजको बजारमा शिखर इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनीको प्रोमोटर सेयर, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स, साञ्जेन जलविद्युत्, एनआईसी एशिया बैंक, अपर तामाकोशी हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर, समृद्धि फाइनान्स, प्रिमियर इन्स्योरेन्स, एनसीसी बैंक र राष्ट्रिय बीमा कम्पनीको साधारण सेयरको मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ ।

बजारको उच्च वृद्धिका बाबजुद नारायणी डेभलपमेन्ट बैंक र युनाइटेड इदि मर्दी हाइड्रोपावरको मूल्य भने ९ प्रतिशत भन्दा बढीले घटेको छ । आजको बजार सुरु देखिनै उकालो लाग्न थालेको थियो । बीचमा केही उचार चढाव भए पनि बजार खुलेदेखि नै परिसूचक सकारात्मक भएर बन्द भएको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस