७ पुस, काठमाडौं । संसद विघटनको विरोधमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियूको एउटा समूहले प्रदर्शन गरेको छ ।
अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङ नेतृत्वको टोलीले संसद विघटनको विरोध गर्दै प्रर्दशन गरेको हो । प्रदर्शनमा सहभागीहरुले संसद विघटन गरेर प्रधानमन्त्री र राष्ट्रपतिले असंवैधानिक कु गरेको भन्दै उक्त निर्णय खारेज गर्न माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस