७ पुस, काठमाडौं । काठमाडौं उपत्यकामा थप ३६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौंमा उपत्यकामा थप ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ३००, भक्तपुरमा २३ र ललितपुरमा ४२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
यस्तै, मंगलबार नेपालमा थप ७२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५५ हजार २३६ पुगेको छ भने अहिलेसम्म २ लाख ४५ हजार ७०९ जना संक्रमणमुक्त भएका छन् ।
प्रतिक्रिया दिनुहोस