७ पुस, काठमाडौं । नेपाल सरकारले बेलायतबाट नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ ।
मंगलबार अपरान्ह बसेको कोभिड नियन्त्रण सम्बन्धी बनेको उच्चस्तरीय निर्देशक समितिको बैठकले बेलायतबाट नेपाल आउने सम्पूर्ण यात्रुहरुलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।
यस्तै निर्देशक समितिले बेलायत बाहेक अन्य देशबाट बेलायतको ट्रान्जिट हुँदै नेपाल आउन समेत रोक लगाएको छ ।
बैठकले पुस १ गतेयता नेपाल आएकाहरुले अनिवार्यरुपमा सातदिन क्वारेन्टिन बसेपछि जाँच गरेपछि मात्रै गन्तब्यमा जान पनि अनुरोध गरेको छ । यस्तै नेपाल आउन ट्रान्जिटमा रहनेहरुले अनिवार्य १० दिन होटलमा क्वारेन्टिनमा बसी परीक्षण गरेरमात्रै गन्तव्यमा जान पनि सरकारले अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस