७ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) यतिबेला विभाजित बनेको छ ।
ओली नेतृत्व र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालनेतृत्वको समुहले छुट्टाछुट्टै बैठक गरेका छन् । नेतृत्व तहमा देखिएको विभाजनको असर पार्टीको भ्रातृ संगठनमा पनि देखिएको छ ।
एक समुहले प्रधानमन्त्री ओलीको कदमको विरोध गरिरहँदा अर्को समुहले भने ओलीको समर्थनमा प्रदर्शन गरिरहेको छ । मंगलबार ओलीको समर्थनमा रत्न राज्यलक्ष्मी क्याम्पस अगाडि दीप प्रज्वलन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस