खेलकुद समाचार

त्रिभुवन आर्मी क्लबले पायो एएफसी क्लब लाइसेन्स

Army

८ पुस, काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले एसियाली फुटबल महासंघ (एएफसी) को क्लब लाइसेन्स पाएको छ । न्फाको क्लब लाइसेन्स इजाजतका लागि अपिल गर्ने निकायको मंगलबार बसेको बैठकको निर्णय आर्मी फुटबल क्लबलाई लाइसेन्स दिने निर्णय भएको हो ।

आर्मी क्लबले यस अघिको निर्णय उपर पुनर्विचार गरी पाउँ भनी एन्फा सचिवालयमा दर्ता गराएको अपिलमाथि छलफल हुँदा त्रिभुवन आर्मी फुटबल क्लबले एएफसीको मापदण्डअनुसार सबै योग्यता पुरा गरेको पाइएकाले लाइसेन्स प्रदान गरिएको अखिल नेपाल फुटबल संघले जनाएको छ ।

सो लाइसेन्स प्राप्त गरे पश्चात आर्मी फुटबल क्लबले एएफसी कप क्लब अन्तर्गत संचालन हुने व्यवसायिक फुटबल प्रतियोगिताहरुमा सहभागी भई नेपालको प्रतिनिधित्व गर्न सक्ने नेपाली सेनाले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस